पोखरा, लेखनाथ र दमौलीमा एकसाथ ‘वाइफाइ नेपाल’

पाेखरा | माघ ३, २०७९

पोखरा, लेखनाथ र दमौलीमा एकसाथ ‘वाइफाइ नेपाल’

कास्की:  ‘स्पिड पनि, सस्तो पनि’ नारासहित इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपाल प्रालिले पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ इन्टरनेटको सेवा बिस्तार गरेको छ ।

 

पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै काठमाडौंपछि गण्डकी प्रदेशको पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ सस्तो तथा सुलभ मूल्यमा इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको हो ।

 

कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारले वाइफाइ नेपालले नेपालमै सबैभन्दा सर्वसुलभ मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने बताए । 

‘नेपालमा अहिले धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्’, उनले भने, ‘हामीले ल्याएको वाइफाई नेपाल स्पिड पनि छ र सस्तो पनि छ त्यसैले नारा नै ‘स्पिड पनि, सस्तो पनि’ राखेका छौ । सेवाग्राहीले ५० एमबिपीएसको इन्टरनेट प्रतिमहिना ३ सय ३३ रुपैयाँमा चलाउन पाउँनेछन् ।’

 

उनका अनुसार ८० एमबिपीएसलाई प्रतिमहिना ५ सय रुपैयाँ तोकिएको छ । 

 

उनले ५० एमबिपीएसको इन्टरनेट बार्षिक ५ हजार ५ सय र ८० एमबिपीएसको इन्टरनेट ७ हजार ५ सयमा प्रयोग गर्न पाउने बताए ।  ‘हामीले काठमाडौंको सफलतापछि गण्डकीमा आएका छौं, हामीले न्यूनतम मूल्यमा सेवा प्रदान गरेर सबै नेपालीलाई जोड्न खोजेका छौ’, उनले भने, ‘आगामी दिनमा पोखरा लगायत अन्य विभिन्न शहरहरु तथा गाउँ–गाउँमा पुग्ने लक्ष्य लिएका छौं ।’
                         

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्